जनकपुर । जनकपुरबाट लहान जाँदै गरेको यात्रुवाहक बस दुर्घटना भएको छ ।
शुक्रवार (आज) परिक्रमा यात्री लिएर लहान जाँदै गरेको ना ५ ख १४४१ नम्बरको बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाधाम नगरपालिकाको मालटोल नजिक दुर्घटना हुँदा २० जना बढी यात्रु घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार ६ वटा एम्बुलेन्समा घाइतेलाई उपचारको लागि अस्पतालहरूमा लगिएको छ । यद्यपि घाइतेको यकिन सङ्ख्या केही बेरपछि मात्र भन्न सकिने उनले बताए ।
१५ दिने मिथिला मध्यमा परिक्रमा समापन गरेर परिक्रमा यात्रु बस चढेर फर्किरहेका थिए । अधिकांश यात्रु सिराहाका रहेको प्रहरी निरीक्षक यादवले बताए ।
प्रतिक्रिया