काँग्रेस अनुशासन समितिले भन्यो अन्तर्घात गर्नेमाथि कारबाही गर्नु

आइतबार, १८ मंसिर २०७९
नेपाली काँग्रेसले ४ मङ्सिरको चुनावमा अन्तर्घात गर्नेलाई कारबाहीका लागि केन्द्रीय अनुशासन समितिमा १५ पुसभित्र नाम पठाउन आग्रह गरेको छ । आइतबार एक विज्ञप्ति जारी गरी काँग्रेस केन्द्रीय अनुशासन समितिका सचिव प्रेम केसीले चुनावमा पार्टी र सत्ता गठबन्धनका उम्मेदवारलाई असहयोग गरेको भनी जिल्ला एवं प्रदेश अनुशासन समितिमा परेका उजुरीमाथि चाँडै निर्णय गरेर केन्द्रमा पठाउन भनेको हो । यदि जिल्ला र प्रदेश अनुशासन समिति गठन नभएको अवस्थामा तत्काल अनुशासन समिति गठन गरी कारबाहीको निर्णयसहित १५ पुसभित्र केन्द्रीय अनुशासन समितिमा पठाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार