'माइ सेकेन्ड टिचर' एप्लिकेशनमा विभिन्न विषयगत अध्ययन सामग्री, इन्टरएक्टिभ टूल्स, शिक्षकहरूका लागि श्रोतहरू, सामाजिक सहभागिता तथा अनलाइन कक्षा सञ्चालन जस्ता सुविधाहरू उपलब्ध छन्।
डिजिटल माध्यमबाट पठनपाठनको सुरुवातसँगै विद्यार्थीहरूलाई सहज, गुणस्तरीय र प्रेरणादायी शिक्षा दिन सकिने विश्वास महाविद्यालयले लिएको छ।
यस प्रविधिमार्फत शिक्षा प्रणालीमा नवीनता ल्याउँदै विद्यार्थीहरूको अध्ययनलाई अझ प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।
प्रविधिको माध्यमबाट सिकाइलाई थप सरल र पहुँचयोग्य बनाउने उद्देश्यले सुरु गरिएको यो प्रयास भविष्यमा अन्य कक्षाहरूमा पनि विस्तार गरिने योजना रहेको महाविद्यालयले जनाएको छ।
प्रतिक्रिया