शैक्षिक परामर्श क्षेत्रले देशकै मुहार फेर्न सक्ने प्रथम उपाध्यक्ष पौडेलको दाबी

विहीबार, २८ चैत्र २०८१
काठमाडौं : नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का प्रथम उपाध्यक्ष एन्ड्रियु पौडेलले शैक्षिक परामर्श क्षेत्रको शिक्षा भनेको केवल कक्षाकोठामा पढाइ मात्र नभई नयाँ संसारमा प्रवेश गर्ने ढोका भएको दाबी गरेका छन् । इक्यानद्वारा काठमाडौंमा आयोजित ‘एडुक्लेभ ३‍.०’ कार्यक्रममा मन्तव्य राख्दै पौडेलले यस्तो बताएका हुन् । ‘विद्यार्थीहरुले जब विदेशमा नयाँ ज्ञान र अनुभव प्राप्त गर्छन्, त्यसले केवल उनीहरूको जीवन मात्रै होइन, नयाँ संसारमा प्रवेश गर्ने ढोका नै खोलिदिन्छ ।’ उनले भने, ‘हामीलाई गर्व छ कि हामी नेपाली विद्यार्थीहरुलाई एउटा नयाँ दृष्टिकोण र सन्देश दिने कार्य गर्दैछौं ।’ शैक्षिक परामर्श क्षेत्रको यो पहलले परिवार, समाज मात्र नभई सिंगो राष्ट्रको भविष्यमा पनि सकारात्मक परिवर्तन ल्याउने पनि उनको भनको भनाई छ । उनले भने, ‘हाम्रो प्रयास केवल नेपाली विद्यार्थीहरुलाई विदेश जान मद्दत गर्ने मात्र होइन, विदेशी विद्यार्थीहरुलाई पनि नेपालमा ल्याउन सक्ने सामर्थ्य पनि राख्छौं भन्दै आईरहेका छौं । साथसाथै विदेश पढ्न गएकाहरूलाई पनि नेपाल फर्काएर उनीहरुले प्राप्त गरेका ज्ञान र सीपलाई यहाँका विभिन्न क्षेत्रहरूमा लागू गर्न प्रोत्साहित गर्न सक्छौं । ’ उनले थपे, ‘आज संसारका विभिन्न विश्वविद्यालयहरुमा अध्ययन गरिरहेका नेपाली विद्यार्थी जब स्वदेश फर्केर नेतृत्व लिन तयार हुन्छन् तब उनीहरुका अहिलेका सहपाठी पनि त्यो देशका कुनै न कुनै नेतृत्व तहमा पुगिसकेका हुन्छन्, तब सोच्नुस् हाम्रो देशको परराष्ट्र मात्र नभई आर्थिक, व्यापारिक एवम् सांस्कृतिक सम्बन्ध कस्तो होला रु’ नेपाली समाजमा नयाँ अर्थतन्त्र, नयाँ सिप र नयाँ सम्बन्धहरू निर्माण हुन्छ । त्यसकारण इक्यानले शैक्षिक परामर्श क्षेत्र अब विधेयकले मात्र होइन, ऐन नै बनाएर यसलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिँदै आएको प्रथम उपाध्यक्ष पौडेलले बताए । यो कार्यक्रमले नेपालका युवा पुस्तालाई शिक्षामा मात्र होइन, राष्ट्रको समग्र आयामहरुमा नयाँ दृष्टिकोण, नयाँ सम्भावना र नयाँ सन्देश दिनका लागी पनि एउटा महत्वपूर्ण भूमिका खेल्ने पनि उनले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार