बेलबारीका सामुदायिक बिद्यालयमा दलीय भागबण्डामा ब्यबस्थापन समिति

आइतबार, ०३ बैशाख २०८०
बेलबारी । बेलबारी नगरपालिकाका सामाुदायिक बिद्यालयहरु ब्यबस्थापन समिति बिहिन अबस्थामा रहेका छन । अहिलेसम्म कुनैपनि बिद्यालयमा ब्यबस्थापन समिति निर्माण हुन सकेको छैन ।
नेपाल सरकारले वैशाख १ गतेदेखि १५ गतेसम्म भर्ना अभियान सञ्चालन गरेको छ । तरपनि बेलबारीमा अभियानले छुन सकेको छैन । सामुदायिक बिद्यालयमा भर्ना अभियान सञ्चालन नहुँदा संस्थागत बिद्यालयतर्फ बिद्यार्थी अभिभावकको ध्यान तानिएको छ । ब्यबस्थापन समितिका लागि अभिभावकबाट चुनिने ४ जना चुनिएर आएपनि नगरपप्रमुख,शिक्षा समिति,वडा कार्यलयबाट चुनिने प्रतिनिधि नचुनिँदा बिद्यालय ब्यबस्थापन समिति गठन हुन सकेको छैन ।
बेलबारीमा ३१ वटा सामुदायिक बिद्यालयहरु छन । त्यसको अध्यक्षका लागि नेकपा एमाले १२ वटा,नेपाली काँग्रेस १२ वटा र माओबादीले ७ बिद्यालय भाग लगाएका छन । दलीय भागबण्डामा अध्यक्ष आउने भएका कारण पनि ढिलाई भएको देखिन्छ । ब्यबस्थापन समिति नबन्दा भर्ना अभियानमा त असर परेको छ नै,राजनीतिक भागबण्डाका कारण समेत बिद्यालय ब्यबस्थापन समितिको नेतृत्वमा आउँदा बिद्यालयको शैक्षिक गुणस्तर कहाँ पुग्ला भन्ने अभिभावकहरुमा चिन्ता बढेको छ ।
बेलबारीमा भर्ना अभियान सञ्चालन भईरहेको बेलबारी नगरपालिका शिक्षा शाखा प्रमुख भुपेन्द्र कोईराला बताउँछन । ब्यबस्थापन समिति गठनका बिषयमा भने उनले बोल्न चाहेनन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार