आन्दोलन शान्तिपूर्ण हुन्छ, भड्काउने काम नगर्नुहोस : कमल थापा

मंगलबार, ३० बैशाख २०८२
फाइल तस्बिर

काठमाडौँ : राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी जेठ १५ बाट सुरु हुने आन्दोलन शान्तिपूर्ण हुने दाबी गरेका छन् ।

 आज पार्टी केन्द्रीय  कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले संविधानले दिएको अधिकार अनुसार आफूहरूले फरक बिचार र मुलुक सञ्चालनको मार्गचित्र प्रस्तुत गरिरहेको समेत स्पष्ट पारे ।

ब्रम्हलुट र मनपरितन्त्रलाई निरन्तरता दिनको लागि हाम्रो आन्दोलनलाई गलत ढङ्गले दुष्प्रचार गर्न खोजिएको भन्दै उनले आपत्ति समेत प्रकट गरे । 

आन्दोलन शान्तिपूर्ण हुन्छ।  "हामी भ्रष्टाचार , कुशासन , बेरोजगारी , योजनाबद्ध भइरहेको धर्मपरिबर्तनको विरुद्धमा छौ, हामी देशको समृद्धि र प्रगति चाहन्छौँ , राष्ट्रियता बलियो बनाउन चाहन्छौ, प्रजातन्त्र सुदृढ हुनुपर्छ भन्ने हाम्रो मान्यता हो, पछिल्लो समय केही भ्रम सिर्जना गराउन खोजिँदै छ, त्यो चिर्दै अघि बढ्छौ"थापाले भने ।

उनले थपे, 'सरकार हाम्रो जायज माग र आन्दोलन प्रति गम्भीर बनोस् भन्ने हाम्रो चाहना छ , दमन गर्न तर्फ अग्रसर भए जनताको अधिकार र भावनालाई कुण्ठित गर्ने दुष्प्रयास गरे स्वभाबिक रूपमा असजिलो परिस्थिति निर्माण हुन्छ' ।

जेठ १५ गतेको तयारीमा जुट्न र बढी भन्दा बढी जनसहभागिता गराउन उपत्यका भरी जनजागरण अभियानमा क्रियाशील हुन कार्यकर्ता पङ्क्तिलाई सो अवसरमा निर्देशन समेत उनले दिए ।

यो देश बचाउने र बनाउने आन्दोलन भएकोले सबैको सहभागी जरुरी भएको थापाको तर्क छ । कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तित्वहरुलाई थापाले पार्टीमा स्वागत समेत गरे ।

प्रतिक्रिया

NEWS KARKHANA
लेखकको बारेमा
NEWS KARKHANA
NEWS AGENCY

समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार