विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–७ बाट प्रहरीले ठुलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार ३ सय किलो गाँजा बरामद भएको हो । लागुऔषध गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले बुधवार बिहानका राति करिब ३ः१५ बजेतिर गाँजा बरामद गरेको जोशीले बताए ।
उनका अनुसार ७ वटा बोरामा प्याक गरेर अवस्थामा बरामद गरिएको गाँजा इलाका प्रहरी कार्यालय रंगेलीमा राखेर थप अनुसन्धान सुरु गरिएको छ ।
गाँजाको कारोबार र ओसारपसारमा संलग्नहरू भने फरार भएका छन् । फरार भएकाको खोजी तीव्र पारिएको डीएसपी जोशीले जनाए ।
प्रतिक्रिया