प्रधानमन्त्रीले भने– गृहमन्त्रीले राजीनामा दिनुपर्दैन

बुधबार, १४ जेठ २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुनपर्ने बताएका छन् ।

बुधबार बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवासहितको भेटवार्तामा ओलीले गृहमन्त्री लेखकले राजीनामा दिन आवश्यक नरहेको बताएका हुन् ।

स्रोतका अनुसार, ओलीले गठबन्धनविरुद्ध प्रहार भइरहेको समेत बताएका छन् । 

बैठकले गृहमन्त्रीले राजीनामा नदिने बरु सदनमा जवाफ दिने निष्कर्ष निकालेको छ ।

उता विपक्षी दलहरूले भने गृहमन्त्रीको राजीनामा नआएसम्म सदन चल्न नदिने बताउँदै आएका छन् । 

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार