काठमाडौँ : इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेलले राजनैतिक दलहरूलाई अब आफूहरूलाई परिष्कृत गर्दे लान आवश्यक भएको दाबी गरेका छन ।
संयुक्त राष्ट्रसङ्घीय प्रकोप जोखिम न्यूनीकरण कार्यालय अन्तर्गत स्विट्जरल्याण्डको जेनेभामा उच्चस्तरीय अन्तर्राष्ट्रिय 'विपद् जोखिम न्यूनीकरणका लागि विश्वव्यापी मञ्च कार्यक्रम'मा सहभागी हुन पुगेका पौडेलले समसामयिक राजनीतिका सन्दर्भमा सो दाबी गरेका हुन ।
नगरप्रमुख पौडेलले आफूहरू कुनै न कुनै राजनीतिक दलबाट प्रतिनिधित्व गर्दै आएको यथार्थ स्विकार्दै भने, 'दलबाट आएको भए पनि हामीले आफूलाई परिष्कृत गर्नुपर्ने खाँचो अहिलेको आवश्यकता हो।'
उनले राजनीतिलाई मात्र आधार बनाएर सडक बन्द गरेर माग पूरा गर्ने प्रवृत्तिले दीर्घकालीन समाधान नदिने स्पष्ट पारे।
हामी सबैले संस्कार सिक्नुपर्छ, उनले भने, 'सकारात्मक विषयलाई सकारात्मक ढङ्गले लिएर अघि बढ्दा सबैलाई लाभ पुग्छ।'
कार्यक्रमको अवसरमा उनले सबै नागरिकलाई सामाजिक उत्तरदायित्वका साथ सोच्न र कार्य गर्न सुझाव दिँदै समृद्ध र सुसंस्कृत समाज निर्माणमा सक्रिय भूमिका खेल्न आह्वान गरे।
प्रतिक्रिया