धरान। सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित रेल्वे लाइनको छेउमा एक जंगली हात्ती मृत अवस्थामा फेला परेको छ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दिवस कुवरका अनुसार खेतको छेउमा मृत भेटिएको हात्ती भाले हो। हात्तीको सुढमा गम्भीर चोट लागेको अवस्थामा शव भेटिएको जनाइएको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय र डिभिजन वन कार्यालय चतरा अन्तर्गतको टोली पुगेर अनुसन्धान सुरु गरेको छ।
प्रतिक्रिया