मोहन वैद्यको स्वास्थ्यमा उल्लेख्य सुधार

सोमबार, ०२ असार २०८२

काठमाडौं– क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्यको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । हाल उनी महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत छन्। 

छातीको सङ्क्रमण देखिएपछि वैद्यलाई झण्डै एक महिनाअघि अस्पताल भर्ना गरिएको थियो । महासचिव वैद्यकी छोरी चेतना शर्माका अनुसार उनको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । 

शर्माले भने, ‘बसुन्धरास्थित विपी स्मृति अस्पताल र टिचिङमा गरी झण्डै एक महिना उपचारपछि उनको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ ।’ 

वैद्यलाई झण्डै १५ दिन सघन उपचार कक्ष (आइसियु) मा राखेर उपचार गराइएको थियो । हाल उनलाई वार्डमा सारिएको छ । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार