इलाममा पिकअप दुर्घटना हुँदा एकको मृत्यु,दुई घाइते

सोमबार, ०२ असार २०८२

इलाम : इलामको सोयाकस्थित आले सडक खण्डमा पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

आइतबार साँझ करिब ६ बजेको समयमा बिर्तामोडबाट खाद्य सामग्री लिएर देउमाई नगरपालिका–९, जितपुर जाँदै गरेको बोलेरो पिकअप ९ना १ च ५४०३० अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खस्दा दुर्घटना भएको हो।

दुर्घटनामा परी सोही गाडीका मालिक ५५ वर्षीय विष्णु पराजुलीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय इलामले जनाएको छ। उनी देउमाई नगरपालिका–९, जितपुरका स्थायी बासिन्दा थिए।

दुर्घटनामा पराजुलीकी छोरी (नाम नखुलाइएको) र अर्को एक जना व्यक्ति गम्भीर घाइते भएका छन्। उनीहरूलाई तत्काल उद्धार गरी बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका लागि लगिएको स्थानीय समाजसेवी मोहन पराजुलीले जानकारी दिए।

उनका अनुसार गाडी सडकको घुम्तीमा आइपुग्दा अचानक नियन्त्रण गुमाउँदै तल खसेको प्रारम्भिक अनुमान गरिएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार