पाटन : सञ्चारकर्मी दिलभूषण पाठकलाई तत्काल पक्राउ नगर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ।
न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासले उक्त आदेश दिँदै असार ५ गतेका लागि दुवै पक्षलाई छलफलका लागि बोलाएको हो।
पाठकको तर्फबाट दायर गरिएको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै अदालतले पक्राउ प्रक्रिया तत्कालका लागि रोक्न आदेश दिएको हो।
कांग्रेस सभापति देउवा परिवासंगको प्रकरणमा जोढिएका पाठकले पक्राउ पुर्जी जारी भएपछि उच्चमा निवेदन दिएका थिए ।
प्रतिक्रिया