काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर राणालाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश जिल्ला अदालत काठमाडौंले दिएको छ।
सोमबार न्यायाधीश शिवप्रसाद खनालको इजलासले राणालाई धरौटीमा छाड्न आदेश दिएको हो। सोमबार बिहान अदालतमा उपस्थित भएका राणाको आजै बयान लिइएको थियो।
राणाविरुद्ध २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा आयोजित राजावादी आन्दोलनमा संलग्नताका आधारमा राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध तथा एकीकृत कसुरसम्बन्धी गरी चारवटा मुद्दा दायर गरिएको थियो।
यसअघि प्रहरीले अनुसन्धानपछि उनलाई हाजिरी जमानीमा रिहा गरेको थियो।
प्रतिक्रिया