काठमाडौँ । अमेरिकाले पनि इरानमा आक्रमण गर्नसक्ने सम्भावना बढेको छ । केही दिनदेखि इजरायली आक्रमणको मार खेपिरहेको इरान यदि अमेरिकाको पनि आक्रमण भए थप समस्यामा पर्नेछ ।
इरानमा आक्रमण गर्ने योजनालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अनुमोदन गरेपछि थप जोखिम बढेको हो । बिबिसीका अनुसार आक्रमण गर्ने योजना अनुमोदन गरिए पनि अमेरिकाले आक्रमण गरिहाल्ने भन्नेबारेको अन्तिम निर्णय भने लिई सकेको छैन ।
यदि इरान आणविक कार्यक्रम रोक्न सहमत भएमा ट्रम्पले आक्रमण गर्ने योजना रोक्न सक्ने बताइएको छ ।
प्रतिक्रिया