सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

विहीबार, ०५ असार २०८२

काठमाडौं : नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको हो । यससँगै बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार ५ सय रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार ९ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदीको मूल्य २५ रुपैयाँले घटेको छ । बुधबार तोलामा २२ सय २५ रुपैयाँ कायम भएको चाँदी बिहीबार २२ सय रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार