राजु पाण्डेको निलम्बन कार्यान्वयन नगर्न उच्च अदालतको अन्तरिम आदेश

बुधबार, ०४ असार २०८२

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीशद्वय ऋषिराज भण्डारी र डिल्लीरत्न पाण्डेको संयुक्त इजलासले आदेश जारी गर्दै पाण्डेले दायर गरेको उत्प्रेषणको रिटमा सुनुवाइ गर्दै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गरेको निलम्बन कारबाही तत्काल कार्यान्वयन नगर्न महानगरलाई भनेको हो।

गत जेठ २० गते प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका थिए। त्यसविरुद्ध पाण्डेले मङ्गलबार उच्च अदालतमा रिट दायर गरेका थिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार