मुगु । मुगु छायाँनाथ रारा नगरपालिका—१० जग्गि बढुवाल र सोही वडाका प्रेम बढुवालले खच्चड व्यवसाय गर्दै आएको एक दशक भन्दा बढी भयो ।
खच्चड ब्यवसायबाट उनीहरुले राम्रै आम्दानी गरेर घरपरिवार राम्रै चलेको थियो । आइतबार दिउसो चार बजे विद्युत् प्राधिकरणको टा«न्सर्फमरबाट लिक भएको करेन्टमा परेर बढुवालसहित सोही नगरपालिका—१ का कर्ण बहादुर मल्लका समेत गरी १० खच्चडको मृत्यु हुँदा तीनैजनाको आम्दानी हुने बाटो नै बन्द भएको छ ।
छायाँनाथ रारा नगरपालिका—१२ लुम्सको भ्याकुने भन्ने स्थानमा रहेको नेपाल विद्युत् प्राधिकरणको टा«न्सर्फमरबाट करेन्ट चुहावट हुँदा उक्त नगरपालिका—१ का कर्ण बहादुर मल्लका चार, सोही नगरपालिका—१० का जग्गी बढुवालका तीन र पृथ्बी बढुवालका तीन गरी १० वटा खच्चडको करेन्ट लागेर मृत्युको हुँदा बर्षौदेखि आम्दानी गर्दै आएको उनीहरुको बाटो नै बन्द भएको हो ।
सोही स्थानम दुई दिन अगाडि मात्र छायाँनाथ रारा नगरपालिका—१२ कम्फा गाउँका खड्क बहादुर बुढाको दुहुनु भैसीलाई सोही टा«न्सर्फमरबाट लिक भएको करेन्टबाट मृत्यु भएको थियो ।
मुगुम कार्मारोङ गाउँपालिका जान लागेका जिल्ला समन्वय समिति मुगुका प्रमुख मञ्जन बहादुर कार्कीले आफनै आँखा अगाढी करेन्ट लागेर भैँसी ढलेको देखेपछि तत्कालै प्रमुख जिल्ला अधिकारी र विद्युत् प्राधिकरण मुगुका कार्यालय प्रमुखलाई उक्त क्षेत्रको लाइन बन्द गरी टा«न्सफर्मर मर्मत गरेर मात्र विद्युत् प्रवाह बन्दगर्न जानकारी गराएको दुई दिनपछि १० वट खच्चडको मृत्युको खबरले विद्युत् प्राधिकरणको लापरबाही भएको प्रमुख कार्कीले बताए ।
मुगुम कार्मरोङ गाउँपालिमा व्यापारी र योजनाका सामग्री ढुवानी गरेर आफ्नो घर फर्किदै गर्दा प्राधिकरणको लापरबाहीका कारण आफूहरुका कमाई खाने बाटोनै बन्द भएको खच्चड धनी जग्गि बढुवालले बताए ।
‘टा«न्र्फमर राखिएको पोल अगाडि खच्चडहरु बाटोमा हिड्दै थिए एक्कासी पोलमा आगोको झिल्का देखिए । सबै खच्चड एकै ठाउँमा मरे । डरले आफूहरु कराउन थाल्यौं । आफनो कमाई मुख्य स्रोत खच्चड करेन्टबाट एकै ठाउँमा रास भएको देखेपछि हामी तीनै जना बेहोस भएका रहेछौ । कुनबेला गाउँलेहरु आएर घरमा लगेछन थाहा भएन । एक रात घरमा बसेर पुनः व्यापारिक र योजनाको सामान ढुवानी गरेर मुगुम कार्मारोङ गाउँपालिकाको पुलु जाने योजना बनाएका तीन जना अहिले मरेका खच्चड ब्यवस्थापन कसरी गर्ने भनेर चिन्ताले सताएको छ,’ उनले भने ।
दुर्गन्धले मान्छेलाई बाटोमा हिड्न समेत मुस्किल भएको छ । प्रहरी र विद्युतका कर्मचारीहरुले घट्नाको मुचुल्का बनाई सदरमुकाम फर्किसकेका छन । गाउँलेहरु मरेका खच्चड ब्यवस्थापन गर भनेर ताकेता गर्न थालेका छन विद्युत् प्राधिकरणको लापरबाहीले ब्यवसायनै चौपट भएको पीडित पृथ्बी बढुवाल र कर्ण बहादुर मल्लले आँखाभरी आँसु निकाल्दै गुनासो पोखे ।
प्राधिकरणका निमित्त कार्यालय प्रमुख मनराज शाहीले दिएको जानकारी अनुसार आइतबार आएको हुरीबतास र बर्षातका कारण बिजुलीको तार बटारिंदा टा«न्सर्फमरबाट करेन्ट लिक भएर १० वटा खच्चडको मृत्यु भएको बताए ।
घट्नाको जानकारी आउनेबित्तिकै कार्यालयबाट कर्मचारीहरु खटाई उक्त स्थानको बिजुली लाइन बन्द गरेको र सोमबार प्रहरी जनप्रतिनधीसहितको टोली पुगेर घट्नाको सरजिविन र मुचुल्का उठाई पीडितहरुलाई प्राधिकरणले क्षतिपूर्ति नियमावली २०७६ अनुसार क्षतिपूर्तिका लागि पहल गरिने बताइएको छ ।
दुई दिन अगाडि दुहुनो भैँसी र आइतबार १० वटा खच्चडको करेन्टकै कारण ज्यान मरेका खच्चड र भैंसीको सदगत नगरिंदा दुर्घन्ध फैलिने चिन्ता छ । व्यवस्थापनका लागि छायाँनाथ रारा नगरपालिकालाई डोजर पठाईदिन आग्रह गर्दा समेत नगरपालिकाले अटेरी गरेको पाइएको छ ।
प्रतिक्रिया