धरानको सरकारी विद्यालयलाई कम्प्युटर इन्जिनियरिङ पढाउन स्वीकृति

विहीबार, ०७ बैशाख २०८०
धरान । सहिद स्मृति माध्यामिक विद्यालयले यस वर्षदेखि कक्षा ९ बाट कम्प्युटर इन्जिनियरिङ विषयको कक्षा सञ्चालन गर्ने भएको छ । शिक्षा मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट स्विकृती प्राप्त गरेसँगै यसै शैक्षिक सत्रदेखि कम्प्युटर इन्जिनियरिङ विषय अध्यापन गराइने विद्यालयका प्रधानाध्यापक रामबहादुर विष्टले जानकारी दिए । शिक्षामन्त्री अशोककुमार राईले विशेष चासो राख्दै मन्त्री स्तरीय वैठकले स्कुललाई स्विकृति दिने निर्णय गरेको थियो । प्रधानाध्यापक विष्टका अनुसार यसै शैक्षिक सत्रबाट कक्षा ९ मा कम्प्युटर इन्जिनियरीङमा भर्ना खुल्ला गरीएको छ । कक्षा ९ मा भर्ना हुनको लागि कुनैपनि विद्यालयबाट कक्षा ८ उत्तिर्ण भएका विद्यार्थीहरुले आवेदन गर्न सक्नेछन् । यसका लागि कक्षा ९ मा ४८ जनाको कोटा निर्धारण गरिएको छ । बिद्यार्थीले न्यूनतम शुल्कमा नै पढ्न पाउनुका साथै कम्प्युटर इन्जिनियरिङमा भविष्य राम्रो भएको बताए । कम्प्युटर इन्जिनियरीङका लागि विद्यालयमा कम्प्युटर ल्याव र पर्याप्त भौतिक पूर्वाधार रहेको प्रधानाध्यापक विष्टको दाबी छ । यो कार्यक्रम धरानको लागि गौरवको विषय भएको बताउदै दक्ष प्राविधिक जनशक्ति उत्पादनमा सहयोग पुग्ने विष्टले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार