सुनसरी उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि मतदान जारी

सोमबार, ३० असार २०८२

धरान : सुनसरी उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयनका लागि  धरान–१ स्थित संघको कार्यालय परिसरमा आज बिहान ८ बजेदेखि मतदान कार्य सुरु भएको हो।

संघको अध्यक्ष पदका लागि गोपाल श्रेष्ठ र शिवराज श्रेष्ठले आ–आफ्नो प्यानलसहित उम्मेदवारी दिएका छन्। मतदानस्थलमा मतदाताहरूसँगै विभिन्न राजनीतिक दलका नेता, सांसद लगायतको उल्लेख्य उपस्थिति देखिएको छ।

निर्वाचन प्रमुख डा. राजेन्द्र शर्माका अनुसार संघमा कुल २,९०७ जना मतदाता छन्। तीमध्ये वाणिज्य तर्फ १,७८४, उद्योग तर्फ ९६२, एशोसिएट तर्फ १४० र बस्तुगत तर्फ २१ जना रहेका छन्।

गोपाल श्रेष्ठको नेतृत्वमा रहेको प्यानलबाट उद्योग तर्फ कृष्ण प्रसाद पाठक, प्रभाव खतिवडा, विष्णु बराल र महेन्द्र प्रधान उम्मेदवार छन्।

वाणिज्य तर्फ अनिल अग्रहरी, किसन मास्के, जयप्रकाश शर्मा, नवीन राजभण्डारी, रामस्वरुप शर्मा, विवेक अग्रवाल, शशी साह, शैलेशकुमार आचार्य (प्रमोद) उम्मेदवार छन्।

वाणिज्य महिला तर्फ वर्षा अग्रवाल तथा एशोसिएट तर्फ अशोक जैन, मनिष अग्रवाल र ललितकुमार अग्रवाल उम्मेदवार रहेका छन्।

त्यसै गरि शिवराज श्रेष्ठ समूहबाट वाणिज्य तर्फ अर्जुन श्रेष्ठ, उपेन्द्र चाम्लिङ, कृष्ण ठाकुर, चन्द्रबहादुर सुवेदी, सागर प्रसाई र सीताराम आचार्य उम्मेदवार छन्।

वाणिज्य महिला तर्फ ममता शाक्य उम्मेदवार छन्।

उद्योग तर्फ उमेश अग्रवाल, खड्गबहादुर बस्नेत (राजु) र शिवनन्द साह प्रतिस्पर्धामा छन् भने एशोसिएट तर्फ राजु साह र राजेश अग्रवाल उम्मेदवार छन !

निर्वाचन प्रक्रिया शान्तिपूर्ण रूपमा अगाडि बढिरहेको छ भने मतगणना आज साँझदेखि सुरु हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार