विराटनगर : मोरङको कटहरीमा एक जना मृत फेला परेका छन् । बिहीबार दिउँसो नहरमा पुरुषको शव फेला परेको हो ।
प्रहरीका अनुसार कटहरी गाउँपालिका–२ का अन्दाजी ३६ वर्षीय राजकुमार ऋषिदेवको शव फेला परेको छ । घरनजिकै रहेको पानीको नहरमा डुबेर मृत्यु भएको अवस्थामा उनको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
थप अनुसन्धान र कानुनी प्रक्रिया पूरा गर्नका लागि अहिले प्रहरी टोली घटनास्थलतर्फ जाँदैछ । घटनास्थलबाट कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्टमार्टमका लागि पठाइने र घटनाको थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया