दुहबीको कवाडी गोदाममा भीषण आगलागी

विहीबार, ०८ साउन २०८२

धरान : सुनसरीको दुहबी नगरपालिका–३ मा रहेको एक कवाडी गोदाममा आज दिउँसो करिब २:४५ बजे भीषण आगलागी भएको छ। स्थानीय अमित जैसवालद्वारा सञ्चालित गोदाममा लागेको आगो नियन्त्रणको प्रयास जारी छ।

सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण, सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाका अनुसार आगो नियन्त्रणका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासी परिचालित भएका छन्।

इटहरी उपमहानगरपालिका, रामधुनी नगरपालिका र कोशी गाउँपालिकाबाट आएका तीनवटा दमकलले आगो निभाउने कार्य गरिरहेका छन्।

आगलागीको कारण र क्षतिको यकिन विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार