अमर माविलाई नेपाल टेलिकमद्वारा १२ थान कम्प्युटर हस्तान्तरण

शुक्रबार, ३० साउन २०८२

इलाम । नेपाल टेलिकमले इलाम नगरपालिका–५, बरबोटेस्थित अमर माध्यमिक विद्यालयलाई १२ थान कम्प्युटर हस्तान्तरण गरेको छ। विद्यालयलाई १२ थान युपिएस र १ थान प्रिन्टरसहितको सामग्री पनि उपलब्ध गराइएको हो।

व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गतको रकमबाट प्रदान गरिएको उक्त सामग्री विद्यालयका विद्यार्थीलाई प्राविधिक शिक्षामा सहजता ल्याउने उद्देश्यले हस्तान्तरण गरिएको नेपाल टेलिकम इलामका वरिष्ठ इन्जिनियर सुनील सिंहले बताए। उनका अनुसार टेलिकमले आफ्नो आम्दानीको एक अंश विभिन्न सामाजिक क्षेत्रमा सहयोगका लागि प्रयोग गर्दै आएको छ।

अमर माध्यमिक विद्यालयमा अङ्ग्रेजी विषयसँगै इन्जिनियरिङ र कम्प्युटर साइन्स विषयसमेत अध्यापन हुँदै आएको छ, जसका लागि यो सहयोग उपयोगी हुने विद्यालय प्रशासनले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार