धरान । सुनसरीको धरान उप-महानगरपालिका–२० ओशो पार्क नजिकको जंगलमा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ ।
आइतबार बिहान करिब ८ बजे विशेष सूचनाको आधारमा अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले पाँच जनालाई ७२ किलो गाँजा सहित नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार पक्राउ परेकाहरुको साथबाट कालो प्लास्टिकमा राखिएको ६ पोका गाँजा जस्तो देखिने पदार्थ बरामद गरिएको छ ।
पक्राउ पर्नेमा धरान–२० का ३० वर्षीय रुपेश राई, सोहि स्थानका २८ वर्षीय मिलन राई र २५ वर्षीय रञ्जित राई, धनकुटा सहिदभूमि गाउँपालिका–३ घर भई हाल इटहरी–१० बसोबास गर्दै आएका ३४ वर्षीय प्रदीप राई र धरान–१३ का ३१ वर्षीय सन्तोष राई रहेका छन् ।
उनीहरुलाई बरामद गाँजा सहित इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया