बारामा बाघको आक्रमणबाट शर्माको मृत्यु

बुधबार, ११ भदौ २०८२

रौतहट : बाराको आधाभार जंगलमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

बाघको आक्रमणमा परी जितपुरसिमरा उपमहानगरपालिका–२२ दुई नं. पुल निवासी ५५ वर्षीय कृष्ण प्रसाद शर्मा रहेको प्रहरीले जानकारी दिएको छ । घाँस काट्न गएका शर्मा घर नफर्किएपछि आफन्तले खोजतलास गर्दा आधाभार जंगलमा स्कुटी र घाँस भेटिएको थियो । 

उनीहरुले प्रहरीलाई खबर गरेपछि नेपाली सेना सहितको टोली घटना स्थलमा पुगेको हो । त्यसपछि प्रहरीले खोजतलास गर्ने क्रममा त्यही क्षेत्रमा चप्पल र केही रगतको दाग भेटिएको थियो। शवको टाउको नभएको र बाघले आक्रमण गरेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । 

शवलाई पोस्टमाट्मका लागि प्रादेशीक अस्पताल कलैयामा पठाइएको जिल्ला प्रहरी कार्यलय बाराले जानकारी दिएको छ ।

प्रतिक्रिया

नेपाल न्युज बैंक
लेखकको बारेमा
नेपाल न्युज बैंक

नेपाल न्युज बैंक समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार