काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले लुम्बिनी लायन्सविरुद्ध १४५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको विराटनगरले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १४४ रनको बनायो ।
विराटनगरका लागि वान डाउनमा ब्याटिङ गरेबका लोकेश बमले ४२ बल खेल्दै ३५ रन जोडे । यस्तै बसिर अहमदले १९ बलमा १ चौका र १ छक्का प्रहार गर्दै २८ रन योगदान गरे ।
साम हिजलेटले २० बलमा २७ रन बनाए । यसै खेलबाट एनपीएलमा डेब्यु गर्दै ओपनिङ गरेका दक्षिण अफ्रिकी खेलाडी फाफ डु प्लेसी ९ बलमा १२ रन बनाएर आउट भए । प्रतिश जिसीले ११ रन जोडे ।
बलिङमा लुम्बिनी लायन्सका शेर मल्लले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । जेजे स्मिथ, अभिशेष गौतम र रुबेन ट्रम्पलम्यानले १-१ विकेट लिए ।
प्रतिक्रिया