काठमाडौं : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन्।
देउवाको निजी सचिवालयले उनलाई उक्त निर्वाचनमा उम्मेदवार नबनाउने निर्णय भएको जानकारी गराएको हो।
स्वकीय सचिवालयका भानु देउवाका अनुसार पार्टी सभापति देउवा यसपटक प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने निश्चित भएको छ।
“नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाज्यू आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने जानकारी गराउन चाहन्छु,” भानु देउवाले भने।
प्रतिनिधिसभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ।
प्रतिक्रिया