हतुवागढीमा वडास्तरीय खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने

बुधबार, ०७ माघ २०८२

भोजपुर : “स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद” भन्ने नारासहित भोजपुरको हतुवागढी गाउँपालिकामा खुल्ला महिला तथा पुरुष वडास्तरीय भलिबल प्रतियोगिताको आयोजना हुने भएको छ। हसनपुर युवा तथा खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगिता माघ २९ गतेदेखि फागुन ०३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

आयोजकका अनुसार प्रतियोगितामा महिला र पुरुष दुवैतर्फका अन्तरवडा टोलीहरू सहभागी हुनेछन्। प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टोलीले ६१ हजार, द्वितीय हुने टोलीले ४१ हजार तथा सेमिफाइनल प्रवेश गर्ने टोलीले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

महिलातर्फ प्रथम हुने टोलीलाई ३१ हजार, द्वितीय टोलीलाई २१ हजार तथा सेमिफाइनल प्रवेश गर्ने टोलीलाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागिता जनाउन सम्बन्धित वडाको सिफारिस अनिवार्य गरिएको छ। प्रतियोगिताका लागि टिम दर्ता गर्ने अन्तिम मिति माघ २८ गते तोकिएको छ। प्रतियोगिता जाल्पा आधारभूत विद्यालयको खेलमैदान, कोल्टारमा आयोजना गरिनेछ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार