इलामको पानीटारमा अटो दुर्घटना हुँदा १८ वर्षीय लुइँटेलको मृत्यु

विहीबार, ०८ माघ २०८२

इलाम । इलामको देउमाई नगरपालिकामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । देउमाई नगरपालिका–३ स्थित पानीटार चियाबारी नजिक दुर्घटना भएको हो । दुर्घटनामा परि देउमाई नगरपालिका–५ धुसेनीका पदम लुइँटेलका छोरा १८ वर्षका युनिश लुइँटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रदेश १०१–००१ ह ९७८२ नम्बरको अटो दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनापछि स्थानीयले अटो र घाइतेलाई फेला पारेर उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र मङ्गलबारे पुर्‍याएका थिए । तर चिकित्सकले युनिशलाई मृत घोषणा गरेका थिए ।

आज बिहान करिब साढे चार बजे जितपुरबाट मङ्गलबारेतर्फ जाँदै गरेको अटो अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार