प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीले मात्रै देशमा स्थिर शासन स्थापित गर्छ: उपेन्द्र यादव

आइतबार, १८ माघ २०८२

सप्तरी। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जनताद्धारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीले मात्रै मुलुकमा स्थिर, बलियो र जवाफदेही शासन व्यवस्था स्थापित गर्न सक्ने दाबी गरेका छन् ।

जसपा नेपालका अध्यक्ष एवं सप्तरी क्षेत्र नं. ३ का प्रतिनिधि सभा उम्मेदबार समेत रहेका यादवले आइतबार चुनावी अभियानको क्रममा जसपा नेपाल प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली र समानुपातिक समावेशी प्रतिनिधित्वमा आधारित संसदीय संरचनाको पक्षमा अडिग रहेको स्पष्ट गरेका हुन् ।

चुनाव प्रचारप्रसारमा निरन्तर खटिरहेएका अध्यक्ष यादवले भने, ‘बारम्बार सरकार फेरिने, मन्त्रीहरू बदलिने र नीति तथा योजना अलपत्र पर्ने अवस्था अब सह्य छैन ।

देशलाई स्थिर, जवाफदेही र जनउत्तरदायी शासन प्रणालीको खाँचो छ । त्यसका लागि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली अपरिहार्य भइसकेको छ ।’

संसदीय अभ्यासमा गठबन्धन सरकारहरूको अस्थिरताले विकास निर्माण, सुशासन र आर्थिक सुधारलाई गम्भीर असर पारेको छ । पाँच वर्षे कार्यकाल पूरा गर्न नसक्ने सरकारहरू, सत्ताको जोडघटाउमा अल्झिने राजनीति र नीतिगत निरन्तरताको अभावकै कारण जनतामा गहिरो निराशा बढेको उनले जिकिर गरे ।

उनले भने, ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीले शासनलाई स्थिर बनाउने मात्र होइन, जनताप्रति प्रत्यक्ष उत्तरदायी पनि बनाउछ । राष्ट्रपति जनताले सिधै चुन्ने भएपछि शक्तिको स्रोत पार्टी होइन, जनता नै हुन्छन् । जनताले चुनेको राष्ट्रपतिको पहिलो उत्तरदायित्व जनताप्रति हुन्छ, सरकार टिकाउन सत्ता–सम्झौताप्रति होइन ।’

जसपा नेपालले प्रस्ताव गरेको प्रणालीमा संसद् पूर्ण रूपमा समानुपातिक र समावेशी प्रतिनिधित्वमा आधारित हुने, यसले गर्दा मधेशी, आदिवासी जनजाति, दलित, महिला, थारू, मुस्लिम, पिछडिएको क्षेत्र तथा सीमान्तकृत समुदायको न्यायोचित प्रतिनिधित्व सुनिश्चित गर्ने उनले विश्वास व्यक्त गरे ।

शासन व्यवस्थाकै त्रुटिले गर्दा विगतमा दर्जनौँ सरकार परिवर्तन भएको स्मरण गर्दै उनले भने, ‘तीमध्ये धेरै सरकारले एक वर्ष पनि पूरा गर्न नसकेको धेरै उदाहरण छन्, यसले अर्थतन्त्र, लगानीको वातावरण र प्रशासनिक स्थायित्वमा नकारात्मक प्रभाव पारेको छ । नीति बन्यो, सरकार फेरियो, त्यही नीति अलपत्र प¥यो । यही चक्र दोहोरिँदा जनताले के पाए ?’

शासन व्यवस्थाकै त्रुटिले गर्दा विगतमा दर्जनौँ सरकार परिवर्तन भएको स्मरण गर्दै उनले भने, ‘तीमध्ये धेरै सरकारले एक वर्ष पनि पूरा गर्न नसकेको धेरै उदाहरण छन्, यसले अर्थतन्त्र, लगानीको वातावरण र प्रशासनिक स्थायित्वमा नकारात्मक प्रभाव पारेको छ । नीति बन्यो, सरकार फेरियो, त्यही नीति अलपत्र प¥यो । यही चक्र दोहोरिँदा जनताले के पाए ?’

चुनाव नजिकिँदै जाँदा जसपा नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीलाई आफ्नो प्रमुख राजनीतिक एजेन्डाका रूपमा देशभर उठाउँदै आएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार