उदयपुरको त्रियुगा नगरपालिका १५ छाम्लिङ स्थितमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।
गाईघाटबाट रसुवातर्फ जाँदै गरेको स १ त ४९४६ नंम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भइ सडकदेखि अन्दाजी दुई सय मिटर तल झरेर दुर्घटना भएको हो ।
दुर्घटनामा ट्याक्टरमा सवार उदयपुर रौतामाई गाउँपालिका ६ बस्ने १८ वर्षीय शिवराज घिमिरेको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टर चालक रौतामाई ४ बस्ने २३ वर्षीय सरोज आचार्य, त्रियुगा नगरपालिका ११ दोभान बस्ने १७ वर्षीय रोमन मगर र त्रियुगा नगरपालिका ३ मिलन चोक बस्ने ३५ वर्षीय पुरूषोत्तम कार्की घाइते भएका छन् ।
घाइतेहरूलाई उपचारको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया