विश्व आदर्श एकेडेमीद्वारा सरस्वती स्कुललाई फर्निचर सहयोग

मंगलबार, २६ बैशाख २०८०
इटहरी । प्रतिष्ठित शैक्षिक संस्था विश्व आदर्श एकेडेमीले इटहरीस्थित सरस्वती माध्यमिक विद्यालयलाई फर्निचर दिएर सहयोग गरेको छ । सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले फर्निचर अभावमा समस्या झेल्नु नपरोस भनेर १५ जोर फर्निचर प्रदान गरिएको जनाइएको छ । फर्निचर हस्तान्तरण कार्यक्रममा एकेडेमीका अध्यक्ष लेखनाथ घिमिरे, प्रिन्सिपल गणेशकुमार दुलाल लगायतले सरस्वती माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्र कठेत र प्रध्यानाध्यपक लेखनाथ भट्टराईलाई फर्निचर हस्तान्तरण गरेका थिए । त्यसैगरी एकेडेमीले इटहरी उपमहानगरपालिका वडा नम्बर ४ को आइतवारे टोल विकास संस्थालाई ५ थान डस्टविन उपलब्ध गराएको छ । एकेडेमीले टोल विकास संस्थाका अध्यक्ष योगेन राईलाई डस्टविन हस्तारण गरेको प्रिन्सिपल गणेशकुमार दुलालले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार