काठमाडौं । यस वर्षको कक्षा १२ को बोर्ड परीक्षा सकिएको छ ।
वैशाख २६ गतेबाट सुरु भएको परीक्षा आज सकिएको हो ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्षको परीक्षामा देशभर ४ लाख ६७ हजार ३ सय ८९ परीक्षार्थी सहभागी भएका छन् ।
परीक्षा १४ सय ५३ परीक्षा केन्द्रमार्फत सञ्चालन भएको हो ।
यस्तै यो वर्ष ५६ हजारभन्दा बढी परीक्षार्थीले ग्रेड वृद्धिको परीक्षा दिए ।
कम नम्बर आएको विषयमा उनीहरुले ग्रेड वृद्धिको परीक्षा दिएको नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।
प्रतिक्रिया