स्वीकृतिबिना पूर्वप्राथमिक तहका पुस्तक पढाउन नपाइने

शुक्रबार, ०५ जेठ २०८०
काठमाडौँ । स्वीकृति लिएरमात्र पूर्वप्राथमिक तहका पाठ्यपुस्तक पठनपाठन गराउनुपर्ने भएको छ । पाठ्यक्रम विकास केन्द्रले पाठ्यपुस्तकको गुणस्तर कायम गरी एकरूपता कायम गर्ने उद्देश्यले स्वीकृतिपछि मात्रै पठनपाठन गराउन भनेको हो । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बैठकले विद्यालय तहका अन्य पाठ्यसामग्री सरह पूर्व प्राथमिक तहमा प्रयोग हुने पाठ्यसामग्री पनि मूल्याङ्कन गरेर स्वीकृति गर्ने निर्णय गरेको थियो । सोही आधारमा केन्द्रले आगामी शैक्षिक सत्र २०८१ देखि पूर्व प्राथमिकता तहमा प्रयोग हुने पाठ्यसामग्रीहरू यस केन्द्रमा पेस गरी मूल्याङ्कन गरेर स्वीकृत पाएपछि मात्र छपाई तथा विक्री वितरण गर्न भनेको हो । यसअघि प्रयोगमा आइसकेका पाठ्यसामग्रीहरू समेत मूल्याङ्कनका लागि पेस गर्न र स्वीकृति भएपछि मात्र प्रयोगमा ल्याउन केन्द्रले अनुरोध गरेको छ । पढाउन नपाइनेपाठ्यसामग्री मूल्याङ्कनका लागि पेस गर्ने सम्बन्धी विषय र प्रक्रिया सम्बन्धमा पुनः सूचना प्रकाशित गरी जानकारी गराइने केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार