विराटनगर । पेशागत महासङ्घ नेपालको स्थापना दिवस अवसरमा मोरङ समिति र विराटनगर महानगर समितिले रानीस्थित मिल्स माध्यमिक विद्यालयलाई सहयोग गरेका छन् ।
विद्यालयलाई १ लाख ५० हजार बराबरको खेल सामग्री प्रदान गरिएको हो ।
महासंघको राष्ट्रिय समिति सदस्य मेघनाथ घिमिरे, कोशी प्रदेश अध्यक्ष अशेष लम्साल, सचिव डिल्ली धिमाल, मोरङ ईन्चार्ज सुशील पराजुलीलगायतको सहभागितामा सहयोग हस्तान्तरण गरिएको थियो ।
महासङ्घ जिल्ला समिति अध्यक्ष प्रकाश शर्माको अध्यक्षतामा भएको कार्यक्रम सचिव शलिगराम कोइरालाले गरेका थिए ।
त्यस अवसरमा भलिबल २ थान, फुटबल २ थान, भलिबल नेट १ थान,क्यारमबोर्ड १ थान, भित्तेघडी ३ थान, चेस, लुडो ४–४ थान। विद्यालयका प्रधानाध्यापक बिन्दुकुमार लावतीलाई हस्तान्तरण गरिएको थियो ।
प्रतिक्रिया