विद्यालय तहदेखि नै विपदसम्बन्धी सचेतना गराउन जोड

शनिबार, ०६ जेठ २०८०
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विद्यालय तहदेखि नै विपदका विषयमा जानकारी दिनुपर्नेमा जोड दिएका छन् । सशस्त्र प्रहरी बल कंकालिनी गण हेटक्वाटरले आयोजना गरेको जल उत्पन्न विपद प्रतिकार्य अभ्यास समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले विद्यालय तहदेखि नै विपद रोकथाम, नियन्त्रण, उद्धारलगायतका विषयमा सचेतना जगाउन सके धनजनको क्षति रोक्न सकिने बताए । कार्यक्रममा बूढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगरले वर्षाको माौसम सुरु हुन लागेकाले बाढी र डुबानको जोखिमबाट बच्न तयारी अवस्थामा बस्नुपर्नेमा जोड दिए । उनले गाउँपालिकाले विपद व्यवस्थापनका लागि विभिन्न योजना अघि सारेको सुनाए ।सशस्त्र प्रहरकिो कंगालिनी बहारा बाहिनीका प्रमुख डीआईजी अञ्जनीकुमार पोखरेलले डुबान र बाढीमा फसेकाहरुलाई उद्धारका लागि सशस्त्र प्रहरीसित दक्ष जनशक्ति रहेको जानकारी दिए । उनले अहिले सशस्त्र प्रहरीसित ५५ जना गोताखोर रहेको बताए । निकट भविष्यमा एक सय जना गोताखोरको संख्या बनाएर हरेक प्रदेशमा १० जना राख्ने व्यवस्था मिलाउने उनको भनाइ थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार