मतदानमार्फत् विद्यार्थीले चुने क्याप्टेन र सहायक क्याप्टेन

मंगलबार, ०९ जेठ २०८०
इटहरी । चुनाव, मतदान र नेतृत्व छनोटका विधिबारे जानकार बनाउन इटहरी ६ स्थित मोडर्न प्रिपरेटोरी सेकेन्डरी स्कुलले विद्यार्थीलाई मतदानमा सहभागी गराएको छ । विद्यार्थीले मतदान प्रक्रियामार्फत् आफ्नो क्याप्टेन चयन गर्न चुनावमा सहभागिता जनाएका थिए । विद्यालयका प्रधानाध्यापक मनिकुमार पौडेलका अनुसार विद्यालयको क्याप्टेन र सहायक क्याप्टेन चुन्न विद्यार्थीहरूले मतदानमा सहभागिता जनाएका हुन् । कक्षा ३ देखि १० सम्मका विद्यार्थीहरूले मतदान गरी नेतृत्व चयन गरेका थिए । निर्वाचनमा क्याप्टेनका लागि ५ जना र सहायक क्याप्टेनका लागि १० जना उम्मेदवार थिए । सहायक क्याप्टेनमा छात्राहरू पनि प्रतिस्पर्धामा थिए । मतदानबाट कक्षा १० का आर्यन कार्की क्याप्टेन चयन भएका छन् । उनी प्रतिस्पर्धी उम्मेदवारभन्दा दुई मतान्तरको अन्तरले विजयी बनेका थिए । सहायक क्याप्टेनमा दुईजना चुयन भएका छन् । छात्रातर्फ कक्षा ९ की छात्रा दृष्टिका बास्कोटा र छात्रतर्फ कक्षा ९ कै लोमस सुवेदी सहायक क्याप्टेन चुनिएका हुन् । ‘अनुशासन र संस्कारसहितको प्रयोगात्मक अभ्यासमा आधारित शिक्षण सिकाईमा हामीले विद्यार्थीलाई सहभागी गराउँदै आएका छौ’ प्रधानाध्यापक पौडेलले भने, ‘विद्यार्थीहरूकै सक्रिय सहभागिता र नेतृत्वमा आवधिक रूपमा विद्यालयमा विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरू र प्रदर्शनीहरू समेत सञ्चालन गर्ने गरिएको छ ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार