अध्यापनमा प्रविधिको कम प्रयोग

शुक्रबार, १२ जेठ २०८०
इलाम । प्रविधिको युग भएपनि अध्यापनमा प्रविधिको प्रयोग कम हुने गरेको छ । बिद्यार्थीलाई अध्यापन गराउँदा कालो पाटीमा चकले लेख्र्दै मेट्ने परिपाटी हटेपनि पूर्ण रुपमा कम्प्युटरको प्रयोग गरेर अध्यापन हुने गरेको छैन । औपचारिक शिक्षामा सरकारको मोटो लगानी भएपनि पूर्णरुपमा कम्प्युटरबाट नै शिक्षा लेनदेनमा शिक्षक र बिद्यार्थी नै नै पुर्ण रुपमा सक्षम नभएको पाइएको छ । इलाममा शुक्रबार भएको श्रब्य तथा श्रब्यदृष्य सामग्रीको प्रयोग सम्वन्धी सहजीकरण कार्यक्रमका सहभागीले देशका सबै क्षेत्रमा इन्टरनेटको पहुँच पुग्न नसक्दा समेत यस्तो समस्या भएको बताएका छन् । विद्यालयमा भौतिक सामाग्रीको समेत हुने गरेकाले समस्या भएको बिद्यालयका पधानाध्यापक तथा शिक्षकहहरुले गुनाशो गरेका छन् । शिक्षा तथा श्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले आयोजना गरेको कार्यक्रममा जिल्ला स्थित पालिकाका शिक्षा शाखा प्रमुख, बिभिन्न बिद्यालयका प्रधानाध्यापक, शिक्षक तथा बिद्यार्थीहरुको सहभागिता रहेको थियो । शिक्षा तथा श्रोत विकास केन्द्रले श्रब्यदृश्य सामाग्रीहरु उत्पादन गरेर टेलिभिजन तथा रेडियो कार्यक्रम उत्पादन गरेर प्रशारण गर्ने गरेको छ । सो सामाग्री नेपाल टेलिभिजन तथा रेडियो नेपाल तथा युटुबबाट प्रशारण हुने गरेको छ । सो सामग्री एकतर्फी रुपमा प्रशारण हुँदा दोहोरो संवादको नहुने गरेकाले कतिपय नबुझेका बिषयमा विद्यार्थी तथा शिक्षकहरु पछि पर्ने गरेको सहभागीको भनाई छ । सहभागी शिक्षक तथा प्रधानाध्यापकहरुले विद्यालयमा पर्याप्त कम्प्युटर, इन्टरनेट लगायतमा सरकारको ध्यान जान नसकेको बताएका थिए । शिक्षा तथा श्रोत विकास केन्द्रका निर्देशक गोविन्दप्रसाद अर्यालले कतिपय शिक्षकभन्दा विद्यार्थीहरु प्रविधिमा अगाडी रहेको बताए । उनले विज्ञान र प्रविधिको युग भएपनि शिक्षा क्षेत्रमा काम गर्ने शिक्षक प्रविधिमा अगाडी हुनुपर्ने भएपनि सो हुन नसकेको बताएका थिए । उनले शिक्षणसिकाई प्रविधिमैत्री हुन नसकेका बताएका थिए । निर्देशक अर्यालले अब मन्त्रालय मार्फत नै दोहोरो संवाद गर्नेगरीको प्रविधिको विकास गरेर अगाडी बढ्ने तयारी भइरहेको बताए । हाल कक्षा १० सम्मका पाठ्यपुस्तकहरुलाई श्रब्यदृष्यको माध्यमबाट अगाडी बढाइएको उनले बताए । शिक्षा विकास तथा समन्वय इकाई इलामको संयोजनमा भएको कार्यक्रम इलाम नगरपालिकाका प्रवक्ता नुतनदेव दुलालको अध्यक्षतामा भएको थियो । कार्यक्रममा बिभिन्न पालिकाका कार्यपालिका सदस्यहरुको समेत उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार