एभरेष्ट, बुढानीलकण्ठ र सेन्टम्यारिजलाई उपाधि

शनिबार, १३ जेठ २०८०
विराटनगर । पहिलो अन्तर विद्यालय टेबलटेनिस प्रतियोगिताको उपाधि विराटनगरका तीनवटा विद्यालयले जितेका छन् । मिल्स फार्क क्लबको आयोजनामा विराटनगर–१५ रानी मिल्स क्लबमा सम्पन्न भएको प्रतियोगितामा विराटनगरको एभरेष्ट, बुढानीलकण्ठ र सेन्टम्यारिज स्कुलले उपाधि जितेका हुन् । प्रतियोगिताको सबजुनियर छात्रतर्फ बुढानीलकण्ठ स्कुलका रिजन पाण्डे प्रथम, सगरमाथा स्कुलका अभिषेक मुखिया दोस्रो भए । तेस्रो मोरङ पब्लिक स्कुलका रिजुल निरौला र सगरमाथाका अमन साह भए । सोही समूहको छात्रातर्फ एभरेष्ट स्कुलकी कृपा पोखरेल प्रथम, श्रीश्री रविशंकर विद्यालयका स्वाति साह दोश्रोे र तेश्रो एभरेष्टका बंसिका जैन तथा सेन्टम्यारिजका आस्था खड्का भइन् । यसैगरी जुनियर सिंगल छात्रतर्फ एभरेष्टका सुशान्त मेहता प्रथम, बुढानिलकण्ठका रुपेस श्रेष्ठ दोश्रो भएका छन् । तेश्रो जेसी बाल सदनका रिसित साह र सगरमाथाका सोमु महतो भए । सोही बिधाको छात्रातर्फ सेन्टम्यारिजका आरनबी भट्टराई प्रथम, सोही विद्यालयका अपाला साह दोश्रो, विज्ञता थापा र स्वीकृति भट्टराई तश्रो भइन् । प्रतियोगिताको छात्र जुनियरतर्फको बेस्ट प्लेयरमा पुर्वाञ्चल विद्या सदनका अस्मिन तामाङ र छात्रातर्फ गोदावरी स्कुलका प्रसन वगाले घोषित भएका छन् । प्रतियोगिताको उदियमान खेलाडी पिटरप्यानका निरजजंग थापा घोषित भए । सोही अवसरमा टेवल टेनिस खेलाडी विश्व बानिया सम्मानित भए । प्रतियोगितामा विराटनगरका दुई दर्जन स्कुलका एक सय बढी खेलाडीहरुको सहभागिता रहेको थियो । विजय हुने खेलाडीहरुलाई विराटनगर १६ का वडाध्यक्ष उद्धव थापा, फार्क क्लवका अध्यक्ष धनकुमार लामा, नेपाली काग्रेसका नेता राजेशकुमार गुप्ता लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार