ताप्लेजुङ । विद्यार्थी बिरामी परेपछि ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ मा रहेको चागे माध्यमिक विद्यालय एक हप्ताका लागि बन्द गरिएको छ ।
विद्यालयका ५० जनाभन्दा धेरै विद्यार्थी बिरामी परेपछि विद्यालय बन्द गरिएको हो ।
विद्यालयका प्रधानाध्यपक केशवप्रसाद गौतमका अनुसार विद्यार्थी बिरामी हुन थालेपछि आउँदो शुक्रवारसम्म विद्यालय बन्द गरिएको छ ।
विद्यार्थीलाई ज्वरोसहित शरीरमा फोका आएकाले विद्यालय बन्द गरिएकाे उनले बताए ।
उनीहरुमा दादुरा या ठेउलाको सङ्क्रमण हुन सक्ने जिल्ला जनस्वास्थ्य कार्यालय ताप्लेजुङले जनाएको छ ।
गर्मीमा दादुरा र ठेउलाको सङ्क्रमण धेरै देखिने गरेको छ ।
प्रतिक्रिया