विराटनगर । विराटनगर महानगरपालिकाले विराटनगरमा सञ्चालित सामुदायिक विद्यालयहरुमा डिजिटल साक्षरता कार्यक्रम तथा प्रविधिमा आधारिता शिक्षा लागू गर्ने तयारी गरेको छ ।
महानगरमा नयाँ नेतृत्व आएसँगै शिक्षाको गुणस्तरलाई उच्च प्राथमिकतामा राखेको महानगरपालिकाले प्रविधिमा आधारित शिक्षा लागू गर्नका लागि विषयविज्ञसित छलफल गरेको छ । महानगरका मेयर नागेश कोइरालाले डिजिटल साक्षरतासँगै प्रविधिमा आधारिता शिक्षाले मात्रै अब विश्वबजारमा माग भइरहेको जनशक्ति उत्पादन हुने बताए ।
प्रमुख अतिथि पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षालाई प्रविधिसँगै प्रविधिलाई सीपसँग सीपलाई रोजगारीसँग, रोजगारीलाई उत्पादनसँग र उत्पादनलाई आयआर्जनसँग जोड्नु जरुरी रहेको बताए ।
कार्यक्रममा कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले इक्वालिटी फाउण्डेसनले डिजिटल साक्षरताका लागि गरिरहेको कार्यको प्रशंसा गरे ।
पूर्वविद्यार्थी समाज, आमा समूह गठनसँगै गैरआवासीय नेपालीलाई जोडेर नेपालमा रहेका सामुदायिक विद्यालयलाई प्रविधिमा आधारित शिक्षा लागू गर्न सहजीकरण गर्ने इक्वालिटी फाउण्डेसन अमेरिकाका अध्यक्ष प्रा. मेदनी अधिकारी प्रतिबद्धता जनाए ।
प्रतिक्रिया