गर्मीका कारण इटहरीका विद्यालयमा बिदा थप

बुधबार, २४ जेठ २०८०
इटहरी । केही दिनयता बढेको अत्यधिक गर्मी तत्काल घट्ने सम्भावना नभएपछि सुनसरीको इटहरीमा सञ्चालित विद्यालयहरुमा दिइएको बिदा थप गरिएको छ । अत्यधिक गर्मीका कारण विद्यालयहरुमा नियमित पठनपाठन गर्न कठिनाइ भएकाले जेठ २५ र २६ गते दुई दिन बिदा थप गरिएको उपमहानगरपालिकाले जनाएको छ । यसअघि जेठ २१ गतेदेखि २४ गतेसम्मका लागि बिदा उपमहानगर क्षेत्रका विद्यालयहरुमा बिदा दिइएको थियो । वर्षे बिदाबाट कट्टा गर्ने गरी बिदा दिइएको उपमहानगरका शिक्षा महाशाखा प्रमुख सूर्यप्रसाद सुवेदीले जानकारी दिए । गर्मी अत्यधिक भएको र तत्कालै पानी पर्ने सम्भावना नभएपछि विराटनगर, इनरुवालगायत विभिन्न स्थानमा स्थानीय तहले विद्यालयहरुमा बिदा दिने निर्णय गरेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार