बिर्तामोड । मोहनमाया माध्यमिक विद्यालयलाई पुस्तकालय निर्माणका लागि सनराइज बैंकले एक लाख रुपैयाँ बरावरको सहयोग गरेको छ ।
बिर्तामोड नगरपालिका–२ रामचोकनजिक रहेका विद्यालयलाई वैंकले पुस्तकालयसहित ¥याक निर्माणका सहयोग गरेको हो । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयको पुस्तकालय निर्माणका लागि सहयोग गरिएको बैंक बिर्तामोड शाखाका प्रवन्धक गणेशकुमार गुरागाईले बताए ।
बैकले पुस्तकालयलाई साहित्यिक, धार्मिक, ऐतिहासिक, विज्ञान र उत्प्रेरणासम्बन्धी १ सय १० थान पुस्तक उपलब्ध गराएको छ । बैंकका कोशी प्रदेश प्रमुख विनोद गजुरेलले सहयोग सामग्री विद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठलाई प्रदान गरेका थिए ।
सहयोग हस्तान्तरण कार्यक्रम विद्यालयका प्रधानाध्यापक श्रेष्ठको अध्यक्षतामा भएको थियो । बैंकका कोशी प्रदेश प्रमुख गजुरेलको प्रमुख आतिथ्य रहेको कार्यक्रममा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, बैंकका प्रदेश कार्यालयका प्रमोदकुमार दास, शाखा कार्यालयका बबिता खरेल, रविन गुरागाई, श्यामकुमार गुरुङ,मन्जु दाहाल क्षेत्रीको सहभागिता थियो ।
प्रतिक्रिया