एसईईको ग्रेडवृद्धि परीक्षा साउन २६ र २७ गते

शनिबार, २३ असार २०८०
काठमाडौ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि परीक्षा साउन २६ र २७ गते हुने भएको छ । अन्तिम ग्रेड ‘सी’ या त्यसभन्दा कम प्राप्त गरेकामध्ये बढीमा दुई विषयमा ग्रेडवृद्धि परीक्षा दिन पाउने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । कार्यालयका अनुसार दुई विषयसम्म अनुपस्थित रहेका विद्यार्थीले पनि ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन् । परीक्षा रद्द भएका परीक्षार्थीहरु भने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन नपाउने जनाइएको छ । परीक्षाको नतिजामा चित्त नबुझेका विद्यार्थीले साउन ५ गतेसम्ममा पुनर्योगको लागि निवेदन दिन सक्ने कार्यालयले जनाएको छ । आफूले प्राप्त गरेको ग्रेडमा चित्त नबुझेमा आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइ या परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा निवेदन दिन सकिने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार