कटारीमै विज्ञान संकाय पढाउने तयारी

शनिबार, २३ असार २०८०
उदयपुर । कटारी नगरपालिकाले आगामी आर्थिकको बजेटमा नगरको गौरवको आयोजनामा नै विज्ञान संकायलाई राखेसँगै नगरपालिकामा विज्ञान संकाय अध्ययन अध्यापन गराउने भएको छ । नगरपालिकाको वडा नम्बर ४ मा रहेको नमुना विद्यालय त्रिवेणी माविमा यसै शैक्षिक सत्रदेखि विज्ञान संकाय पढाई हुने भएको हो । नगरपालिकाले नगरको गौरवको आयोजनामा समावेश गरी विज्ञान संकाय पढाईका लागि १५ लाख बजेट छुट्याएको मेयर राजेशचन्द्र श्रेष्ठले बताए । ‘शिक्षा क्षेत्रको विकासलाई जोड दिंदै यस क्षेत्रमै विज्ञान विषय पढाउन लागेकाहौं’ मेयर श्रेष्ठले भने ‘नगरपालिकाको शिक्षा समितिको वैठकले विज्ञान पढाउन अनुमति दिएका हौं ।’ नगरपालिकाले अनुमति दिएसँगै एसईईको तिजा सार्वजनिक भइसकेकाले विद्यालयमा विज्ञान संकायको भर्ना खुल्ला गरिने विद्यालयका प्रधानाध्यापक बालकृष्ण कार्कीले बताए । यसअघि शिक्षा, समाजशास्त्र, बाणिज्यशास्त्र र कृषि विज्ञान पढाइ भइरहेको विद्यालयले अब भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र गणित बिषय पढाउने भएको हो । कटारीमै विज्ञान संकाय पढाइ हुने भएपछि कटारी नगरपालिकाका साथै आसपासका पालिकाका विद्यार्थीहरुलाई समेत सहज हुने भएको छ । नगरमै विज्ञान संकाय पढाई हुने भएपछि मेयर श्रेष्ठले कटारीका सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापकहरुलाई छलफलमा राखेर विज्ञान पढाउनका लागि विद्यार्थी उपलब्ध गराउन आह्वान गरेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार