जनता माविमा अब कानुन विषय पनि पढ्न पाइने

शनिबार, २३ असार २०८०
इटहरी । सुनसरीको इटहरीस्थित जनता माध्यमिक विद्यालयमा यो वर्षदेखि कानुन विषयमा अध्यापन गराइने भएको छ । कक्षा ११ र १२ मा कानुन विषयका कक्षा थप गरिएको हो । प्रधानाध्यापक पशुपति सिग्देलका अनुसार प्रत्येक वर्ष थप कक्षा र विषयहरु राखेर विद्यार्थीलाई व्यावहारिक र उपयोगी शिक्षा दिने क्रममा कानुन अध्यापन गराइन लागेको हो । शिक्षा, मानविकी, व्यवस्थापन र विज्ञान विषयका कक्षाहरू पढाइ भइरहेकोमा अब कानुन विषय थपिएको सिग्देलले बताए । कक्षा ११ र १२ मा गरी हाल ८ सय ५० जना विद्यार्थी अध्ययनरत छन् । सबै कक्षा गरेर जम्मा तीन हजार एक सय विद्यार्थी छन् । यसवर्ष एक हजार जना विद्यार्थी भर्ना लिने तयारी रहेको व्यवस्थापन समिति अध्यक्ष काशीनाथ दंगालले जानकारी दिए ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार