सीप सहितको शिक्षामा जोड दिदै आएको बेबिलोन सगरमाथा कलेजमा जुनसुकै विषय अध्ययन गर्ने विद्यार्थीको रोजाई अनुसार सीपमूलक अतिरिक्त कक्षा कम्तीमा एउटा सञ्चालन गर्ने गरिएको छ ।
यो पक्षले विद्यार्थी तथा अभिभावकहरुलाई आकर्षित गरेको कलेजका कार्यकारी प्रमुख मुक्ति दाहालले भनाइ छ ।
विद्यार्थीलाई पाठ्यक्रम पठाउने मात्र नभएर आफूहरुले अतिरिक्त कक्षाका रुपमा व्यावहारिक तथा जीवनोपयोगी सीपमूलक शिक्षालाई प्राथमिकतामा राखेको उनले बताए ।
यही कारण शिक्षाका साथै अन्य क्षेत्रमा पनि विद्यार्थीले दक्षता पाउने विश्वाससहित सीपमूलक शिक्षामा जोड दिंदै आएको कलेजले जनाएको छ ।
सीपमा आधारित पठनपाठन गराउने बेबिलोन सगरमाथा कलेजले विभिन्न संघ संस्थासँग सहकार्य गरेर विद्यार्थीलाई व्यावहारिक कक्षा सञ्चालनदेखि लिएर व्यावहारिक रुपमा काममा दक्षता प्रदान गर्नका लागि इन्टर्नको समेत व्यवस्था गरेको गरेको छ ।
बेबिलोन सगरमाथा कलेजले मल्टिमिडिया प्रयोग गरी पठनपाठन गर्ने गरेको छ । दक्ष तथा अनुभवी अध्यायपकहरुबाट प्रविधियुक्त कक्षा सञ्चालन गरिने भएकाले अभिभावक र विद्यार्थीको ध्यान कलेजले तानेको छ ।
*ADVT.
प्रतिक्रिया