जुविलेन्ट इलाइट इलाममा विज्ञान संकायको अध्यापन सुरु

मंगलबार, २६ असार २०८०
इलाम । इलाम सदरमुकाममा सञ्चालित जुविलेन्ट इलाइट एकेडेमीमा कक्षा ११ मा विज्ञान अध्यापन सुरु भएको छ । यसै शैक्षिक सत्रदेखि अत्याधुनिक सुविधासहित कक्षा ११ मा विज्ञान विषयमा अध्यापन सुरु भएको हो । इलाममै विज्ञान पढाइ सुरु भएपछि विद्यार्थी र अभिभावकलाई सहज भएको विद्यालयका प्रधानाध्यापक भुसान्त सुब्बाले बताए । जिल्लाबासी तथा बाहिरबाट आएकाहरुलाई सुलभ रुपमा प्राविधिक विषय अध्यापन सुरु भएकाले सजिलो उनको भनाइ छ । आर्थिक अवस्था कमजोर भएका कारण इलाममा विज्ञान पढ्न नपाएर अन्य संकायमा पढ्न बाध्य भएका विद्यार्थीहरुलाई पनि अब सहज भएको छ । उनले क्षमता भएर पनि आर्थिक रुपमा बिपन्न परिवारका विद्यार्थीहरुलाई राहत मिल्ने बताए । अवसर खोज्नेहरुका लागि समेत बिज्ञान बिषयको अध्यापनले फाइदा मिल्ने जनाइएको छ । इलामलाई शैक्षिक हबको रुपमा विकास गर्न आफुहरुको एउटा प्रयास रहेको प्रिन्सिपल सुब्बाको भनाई छ । इलाम सहित पूर्वी पहाडी जिल्लाका विद्यार्थीलाई राहत मिल्ने छ । २०६४ सालमा स्थापना भएको जुविलेन्ट इलाइट एकेडेमीले खेलकुद, संगीत लगायत अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरुलाई सहभागी गराउदै आएको छ । होस्टलको समेत सुविधा रहेको विद्यालयमा एसईईमा उत्कृष्ट अंक ल्याउने ६ जना विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्ने बताइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार