ब्राइट फ्युचर स्कुललाई सम्मानका लागि मलेसियामा आमन्त्रण

मंगलबार, २६ असार २०८०
इटहरी । मोरङको सुन्दरहरैंचा ८ मा रहेको ब्राइट फ्युचर सेकेण्डरी स्कुल ‘एक्जिटो इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२३‘ बाट सम्मानित हुने भएको छ । मलेसियामा जुलाई १७ तारिकमा हुने अवार्ड समारोहमा सहभागिता जनाउन आयोजकले विद्यालयलाई निमन्त्रणा पत्र पठाएको छ। निमन्त्रणा पत्रमा भनिएको छ, ‘तपाईका शिक्षकहरुले गरेको असाधारण कामबाट पुरस्कार समिति पूर्ण रुपमा प्रभावित भएको थियो । तपाईका विद्यार्थीहरुले उच्च गुणस्तरको शिक्षा प्राप्त गर्ने कुरा सुनिश्चित गर्न उनिहरुले गरेका अथक प्रयासहरु जसले विद्यार्थीहरुलाई सफलताको लागि तयार गर्दछ ।’ अवार्डका लागि एक प्रदेशबाट एउटा विद्यालय छनोट भएको छ । कोशी प्रदेशबाट ब्राईट फ्युचर सेकेण्डरी स्कुल उत्कृष्ठ भएको हो । कार्यक्रममा सहभागिता जनाउनका लागि विद्यालयका प्रिन्सिपल टिकाराम ढकाल मंगलबार त्यसतर्फ प्रस्थान गर्दै छन् । विद्यालयले अवार्ड पाउने भएपछि शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुले खुशी व्यक्त गरेका छन् । विद्यालयले व्यवाहारिक शिक्षामा जोड दिदै आएको छ । पढाईसँगगै अन्य क्रियाकलापमा सहभागि गराउर्दै विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनलाई विद्यालयले प्राथमिकता दिर्दै आएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार