मापदण्ड पूरा नगरेको पाइएपछि सेकेन्डरी माध्यमिक विद्यालयको होस्टलमा उपमहानगरपालिकाले तालाबन्दी गरेको छ । मापदण्ड पूरा गरेपछि मात्र सञ्चालन गर्न दिइने भएको छ ।
होस्टलहरु मापदण्ड पूरा गरी सञ्चालन, गर्न सफा राख्न, चुस्त एवं दुरुस्त रुपमा सञ्चालन गर्न अनुगमन टोलीले निर्देशन दिएको छ ।
सेकेन्डरी माध्यमिक विद्यालयमा मृत्यु भएका जेनिसको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टम गरी आफन्तले शव बुझेर मंगलबार दाहसंस्कार गरेका छन् ।
टोलीले पिसजोन, मोर्डन प्रिपेटरी, ग्रिनपिस र शहीद स्मृति आवासीय माध्यमिक विद्यालयको छात्रावास अनुगमनपछि सुधार गर्न निर्देशन दिएको छ ।
पाँच वर्षभन्दा मुनिका बालबालिकाहरुलाई होस्टलमा राख्न नपाइने नियम लागू गर्ने उपमहानगरपालिकाले जनाएको छ ।
अनुगमन टोलीमा उपमहानगरकी उपमेयर संगीता चौधरी, प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहता, शिक्षा शाखाका फाल्गुनी काफ्लेलगायत सहभागी थिए ।
प्रतिक्रिया